अर्थतन्त्रमा सुधार आयो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले वित्त एवम् मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको बताए ।
यस्तै राष्ट्रपति पौडेलले मुद्रास्फितीदर घटेको बताए । लगानीको वातावरण सुधार गर्नका लागि कानूनको संशोधन गरेको र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको उनले बताए ।
राष्ट्रपति पौडेलले चालु खाता बचतमा रहेको र शोधनान्तर स्थिति धनात्मक अवस्थामा रहेको उल्लेख गरे ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:३२
प्रतिक्रिया दिनुहोस्