कृषि लगानी दशक घोषणा गरिने
काठमाडौं : सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ । खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुन लगानी दशक घोषणा गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी, निजी र सरकारी लगानी कृषि क्षेत्रमा गरिने जानकारी गराए । त्यस्तै, बिउबिजनमा आत्मनिर्भर हुने सरकारको नीति छ ।
कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:४७
प्रतिक्रिया दिनुहोस्