५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने
काठमाडौं : सरकारले आगामी ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फलफूलमा देशलाई आत्मनिर्भर बनाउनेसहितका कार्यक्रम सरकारले सञ्चालन गर्ने बताएका छन् ।
धान उत्पादनमा वृद्धि भएको भन्दै चैते धान लगाउन किसानहरुलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम मार्फत सरकारले राजस्वका नयाँ स्रोत खोजी गर्ने तथा करदाताको कर चुक्ता गर्न लाग्ने लागत घटाउने पनि घोषणा गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:५२
प्रतिक्रिया दिनुहोस्