नेपाल न्युज प्वाइन्ट डटकम
१५ हजार ५ सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गरिने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५ सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले १५ हजार ५ सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गरिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले तराई मधेशका ३ लाख १८ हजार हेक्टर खेतीयोग्य जमीनमा कलस्टरमा आधारित 'स्यालो' तथा 'ट्युबेल'बाट सिँचाइ सेवा विस्तार गरिने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update