पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई तत्काल काम गर्न अदालतबाट रोक

काठमाडौं : पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल कामकाज गर्न अदालतले रोक लगाएको छ ।
उच्च अदालत पाटनले कोषकी कार्यकारी निर्देशक पुनलाई कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
योग्यता नपुगेका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै भरत मरासिनीले अदालतमा रिट दिएका थिए ।
गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १२:१६
प्रतिक्रिया दिनुहोस्