नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने

काठमाडौं : आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने उल्लेख गरिएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजना छनोट गर्दा सामाजिक, आर्थिक लाभ, प्रादेशिक सन्तुलन, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधारका रुपमा लिइने बताए ।

उनले कार्यान्वयनमा रहेका तर अपेक्षित गति नलिएका सम्भाव्य आयोजनाहरु सार्वजनिक, निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइने बताए । विकास कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सूचना प्रविधिमा आधारित र नतिजामुलक बनाइने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update