नेपाल न्युज प्वाइन्ट डटकम
पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं : सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले पाँच लाख भूमिहीनलाई आवास सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने बताए ।

उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update