नेपाल न्युज प्वाइन्ट डटकम
नेपालमा अन्तर्राष्ट्रिय चलचित्र छायाँकनका लागि आकर्षण बढाइने

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाँकनका लागि आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।

हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाँकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ ।

पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइनेछ । पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update