मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइने
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बाढीले क्षति पुर्याएको मेलम्ची आयोजनाको दीगो व्यवस्थापन गर्दै बाह्रै महिना खानेपानी उपत्यका आउने व्यवस्था गरिने बताए ।
साथै पानी चक्रपथ बाहिरका क्षेत्र र भक्तपुरको अरनिको राजमार्ग आसपासका क्षेत्रमा खानेपानी आपूर्तिको व्यवस्था मिलाइने पनि उनले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:३९
प्रतिक्रिया दिनुहोस्