नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुखले बैठक स्थगित गरेको हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेर्न पुगेका थिए । 

उनीहरूले 'सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर' जस्ता नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update