नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट एक नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो । 

विराटनगर-२ घर भइ हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय भट्टचार्यले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका थिए ।

शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर डा. एस भट्ट आचार्यको नामबाट ठगिरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । उनलाई सोही पोलिक्लिनिकबाट पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update