सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला एक लाख ४० हजार रुपैयाँ
काठमाडौं : स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ ११:३९
प्रतिक्रिया दिनुहोस्