रास्वपाले भन्यो- 'अब संसदीय छानबिन समिति बन्दैन'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानबिन समिति नबन्ने घोषणा गरेको छ ।
रास्वपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग राख्दै कांग्रेसका सांसदले धकेलाधकेलको स्थिति बनाएपछि समिति नबन्ने घोषणा गरेको हो ।
रास्वपा सहप्रवक्ता मनिष झाले गृहमन्त्री लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै अब समिति नबन्ने बताए ।
उनले अब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार भएमात्र समिति बन्ने बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवाका साथै उनका श्रीमती र छोरामाथि पनि छानबिन गर्नुपर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ १९:१८
प्रतिक्रिया दिनुहोस्