नेपाल न्युज प्वाइन्ट डटकम
मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यममा आएको जस्तो ग्यालेक्सी टीभी छाड्दा १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको पत्र सार्वजनिक गर्दै आफ्नो खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएका हुन् ।

ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा त्यो परिमाणको चेक रकम जम्मा नभएको पत्र दिएको उनले बताए ।

बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले बताए । पत्रकार सम्मेलनमा रास्वपाका नेता एवम् पूर्वबैंकर अनिल केशरी शाहले पनि रवि लामिछानेको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताए ।  

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update