नेपाल न्युज प्वाइन्ट डटकम
सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक

काठमाडौं : सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । सरकारले संशोधन विधेयक फिर्ता लिनेसम्बन्धी पत्र संसद सचिवालयमा पठाएको हो ।

राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समितिमा ४० र संसदीय दलमा ४० प्रतिशत आवश्यक पर्ने पहिलेकै व्यवस्था लागु गर्ने गरी सरकारले विधेयक संशोधन लगेको थियो ।

विधेयक संसद्‌मा दर्ता भइसकेको थियो । यसमा छलफल गर्न पटक-पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन । 

यो विधेयक बिहीबारको कार्यसूचीमा पनि समावेश गरिएको भए पनि कांग्रेसको अवरोधका कारण बैठक चल्न सकेन । सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update