गौशाला चोकका घरटहरामा महानगरले चलायो डोजर
काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन यसअघि नै सूचना जारी गरिएअनुसार डोजर चलाइएको महानगरले जनाएको छ ।
महानगरले शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरु भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ ११:३०
प्रतिक्रिया दिनुहोस्