प्रतिनिधि सभा बैठक २ बजेका लागि सर्यो

काठमाडौं : प्रतिनिधि सभाको बैठक सरेको छ । आज बिहान ११ बजे तय गरिएको बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजेलाई सारिएको हो ।
सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधि सभाको सरेको हो ।
संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।
साथै राष्ट्रिय सभा बैठक पनि सरेको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको बैठक अपराह्न ३ बजेर १५ मिनेटका लागि सारिएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्