नेपाल न्युज प्वाइन्ट डटकम
संसदमा रविको जवाफ- 'प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले सहकारीको मुद्दा चर्कायो'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाएका छन् ।

सहकारीको रकम अपलचन गरेको कांग्रेसको आरोपप्रति संसदको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफूलाई गरेको प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरे । उनले प्रश्न गरे, 'म गृहमन्त्री बन्न नैतिकरुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ?, मलाई डेढ वर्ष प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’

उनले आफू सहकारीको संचालक र सदस्य केही पनि नभएको दाबी गरेका छन् । उनले गोर्खा मिडियाको एमडी हुँदाका बखत निर्णय गराएर सहकारीको रकम नल्याएको बताए । उनले सहकारीको रकम ठगीमा आफ्नो संलग्नता नभएको बताए ।

गृहमन्त्री लामिछानेले संसदमा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update