नेपाल न्युज प्वाइन्ट डटकम
रविलाई गगनको जवाफ- 'फाइल खोलिदिउँ भनेर धम्क्याउने होइन, खोलेर अनुसन्धान गर्ने हो'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौं भन्दै नधम्क्याइ फाइल खोलेर देखाउन चुनौती दिएका छन् । 

आइतबार संसद भवन परिसरमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले सो चुनौती दिएका हुन् ।

महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मवार पदमा रहेका लामिछानेले संसदीय समिति बनाउन नहुने भनेर निरिहता प्रदर्शन गरेको बताए ।

‘आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ, सबैमा बनाए हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘मेरो गर्छु भन्छस् भने तेरो पनि गर्छु भन्दै हुनुहुन्थ्यो, गृहमन्त्रीले यस्तो पनि भन्छ र ?,’

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update