हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीको निधन
एजेन्सी : इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।
राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन चढेको हेलिकप्टर आइतबार दुर्घटनाग्रस्त भएपनि सोमबार भग्नावशेष भेटिएपछि उनीहरुको मृत्यु भएको पुष्टि भएको हो ।
समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए । दुर्घटनामा हेलिकप्टर पूर्णरुपमा जलेको उल्लेख गरिएको छ ।
उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्