कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
कांग्रेस सांसदहरुले सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गरजस्ता नारा लगाएका थिए ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रह कांग्रेसले अस्वीकार गर्यो ।
त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्