नेपाल न्युज प्वाइन्ट डटकम
विपक्षी दलहरुको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपालकी कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससहित विपक्षी दलका सांसदहरुको नाराबाजीबीच विश्वासको मत मागेका हुन् । यसअघि सोमबार नै बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update