कांग्रेसलाई प्रचण्डको चेतावनी- 'यो गतिविधि कांग्रेसलाई महँगो पर्नेछ'
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेपाली कांग्रेसले संसदमा गलत गरेको टिप्पणी गरेका छन् ।
सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको बताएका हुन् । यसले आफूलाई दुःखी तुल्याएको पनि उनले बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि यो गतिविधि कांग्रेसलाई निकै महँगो पर्ने भन्दै उनले चेतावनी दिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि बताए ।
विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको र यो पटक पनि संवादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १३:०१
प्रतिक्रिया दिनुहोस्