नेपाल न्युज प्वाइन्ट डटकम
सिंहदरबारसहित पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारसहित सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । काठमाडौंमा फोहोर बोक्ने चार जना चालकलाई समातेको भन्दै मेयर बालेनले उक्त चेतावनी दिएका हुन् । उनले भ्रष्टलाई समाउन नसक्ने सरकारले चालकलाई समातेको भन्दै आक्रोश पोखेका छन् ।

उनले फेसबुकमा स्टाटस लेखेका छन्, 'भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले । जबसम्म स-सम्मान चालकहरु रिहा हुन्नन, सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन !'

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update