काठमाडौं : सहकारी अनियमितता प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु आ-आफ्नै अडानमा कायम रहेकाले फेरि बस्ने गरी बैठक टुंगिएको हो ।
बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको बताए । सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भएको पनि उनले बताए । संसद बैठकपछि फेरि कार्यदल बैठक बस्ने उनले जानकारी दिए ।
बैठकमा कांग्रेसले जसको बारेमा प्रश्न उठेको हो उही व्यक्ति कारबाही गर्ने निकायको प्रमुख बन्न नसक्ने बताएको छ । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।