नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिपक्षीको नाराबाजीका बीच प्रतिनिधि सभाबाट दुई प्रस्ताव पारित

काठमाडौं : नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधि सभाले दुई प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहे पनि सभामुख देवराज घिमिरेले संसदको कामकारबाहीलाई जारी राखेका थिए ।

विपक्षीको विरोधका बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादसम्बन्धीको प्रस्ताव र गृहमन्त्री लामिछानेले प्रस्तुत गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेस गरेको सम्बोधनको प्रति प्रतिनिधि सभामा टेबल गरेका थिए । उनलाई रोष्ट्रममा जाने बेलामा सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन दिएका थिए । 

त्यस्तै विपक्षीको नाराबाजीकै बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभामा टेबल गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update