काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले २०८० साल भदौ २० गते बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।
जसअनुसार प्रधानमन्त्री प्रचण्ड चितवनको भरतपुर महानगरपालिका-१४ मा पार्किङसहित १४ कठ्ठा जग्गामा बनेको घर र वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको छ । घर र जग्गा दुवै दाहालकी दिवंगत श्रीमती सीता दाहालको नाममा रहेको छ ।
प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ । प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।