नेपाल न्युज प्वाइन्ट डटकम
परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति : बैंकमा १ लाख २२ हजार र प्रचण्डले दिएको गाडी

काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले बैंक खातामा १ लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिएको श्रेष्ठले उल्लेख गरेका छन् ।

उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update