नेपाल न्युज प्वाइन्ट डटकम
माघ २२ गते संसदको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौं : सरकारले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको सूचना, संचार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

सरकारको सिफारिस बमोजिम अब राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने छन् । हिउँदे अधिवेशनमा सरकारले संघीयता कार्यान्वयन र टिआरसीसँग सम्बन्धित विधेयकलाई पारित होस् भन्ने चाहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update