नेपाल न्युज प्वाइन्ट डटकम
सिरोहिया पक्राउबारे बढ्ता हो–हल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको बताए ।

प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिएका छन् ।

गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि प्रधानमन्त्री प्रचण्डले खण्डन गरे । उनले भने, ‘त्यो मान्छेले भन्ने कुरा हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ ।’

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update