गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय
काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सहकारी प्रकरणमा ससदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।
जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ १५:१०
प्रतिक्रिया दिनुहोस्