सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ ।
धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।
सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेर धनुषा लगेको हो ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकता प्रयोग गरेको आरोप लगाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्