सन्दीपलाई अमेरिकी दूतावासले दिएन भिसा
काठमाडौं : अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।
जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा शुरु हुन लागेको टी-२० विश्वकपमा सहभागी हुनका लागि सन्दीपले अमेरिकी दूतावसमा भिसा एप्लाइ गरेका थिए । तर अमेरिकी दूतावसले भने भिसा दिन अस्वीकार गरेको हो ।
यसअघि सन् २०१९ मा पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले २०१९ जसरी नै आफूलाई अहिले पनि अमेरिकी दूतावसले भिसा नदिएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ १७:०७
प्रतिक्रिया दिनुहोस्