नेपाल न्युज प्वाइन्ट डटकम
कार्यादेश बैठक : कांग्रेसको नयाँ प्रस्ताव, आन्तरिक छलफलमा नेताहरु

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएको छ ।

कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न भएको संस्थाको नाम राखेर कार्यादेश टुंग्याउन आजको बैठकमा नयाँ प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)क प्रतिनिधिले पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्न समय मागेपछि बैठक केहीबेरलाई स्थगित भएको छ ।

यस्तै कानूनमन्त्री पदम गिरी पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update