सेक्युरिटी प्रिन्टिङ खरिद भ्रष्टाचारमा दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत फेला
काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन् ।
पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट सुसाइड नोट फेला परेको र प्रारम्भिक अनुसन्धानमा पोखरेलले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो । पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए ।
पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ १५:५२
प्रतिक्रिया दिनुहोस्