बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय छानबिन समिति गठनमा सहमति जुट्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहानसम्ममा संसदीय छानबिन समिति गठनमा सहमति जुट्ने दाबी गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रचण्डले जेठ १५ गते बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुट्ने बताएका हुन् ।
उनले आफू केही दिनदेखि राजनीतिक दलहरुका बीचमा सहमति जुटाउन प्रयासरत रहेको बताए ।
आइतबार बिहान आफू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेको भन्दै प्रचण्डले सहमतिको नजिक पुगेको बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १३:२५
प्रतिक्रिया दिनुहोस्