नेपाल न्युज प्वाइन्ट डटकम
गृहमन्त्रीलाई निलम्बन गरेर सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेसी

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गरेर सहकारी ठगीको मुद्दामा अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बुधबार दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त रिट सोमबार दर्ता भएको हो । उक्त रिटको सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले २०८१ वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई दिएको पत्र संविधान, फौजदारी कानून र सहकारीमा रहेका बचतकर्ताको न्याय प्राप्त गर्ने आधारलाई संकुचन गर्ने प्रकारको भएको रिटमा दाबी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update