काठमाडौं : क्रिकेटर सन्दीप लामिछानले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा आफू खुसी रहेको बताएका छन् । सोमबार फेसबुकमा भावकु स्टाटस लेख्दै उनले भनेका छन्, ‘इमान्दारितापूर्वक भन्नुपर्दा मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’
उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाए पनि सन्दीप आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जान पाएका छैनन् । पहिला नै टिम जाँदा उनको मुद्दा उच्च अदालत पाटनामा विचाराधीन रहेको थियो । तर अहिले अमेरिकाले भिसा नदिँदा सन्दीप विश्वकप खेल्न जाने या नजानेबारे अन्योल कायमै रहेको छ ।
पछिल्लो समय अमेरिका जाने लक्ष्यका साथ सन्दीपले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नियमित अभ्यास गर्दै पनि आएका छन् । तर प्रक्रिया जटिल बन्दै जान थालेपछि सन्दीपले आइतबार सामाजिक सञ्जालमार्फत भावकु स्टाटस पोस्ट गरेका हुन् ।