सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।
दुई पटक ३/३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई पुनः अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन् ।
नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा जाहेरी परेपछि सिरोहिया जेठ ८ गते पक्राउ परेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १९:४२
प्रतिक्रिया दिनुहोस्