सर्वोच्चद्वारा गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मत बदर, पाण्डेलाई नियुक्त गर्न परमादेश
काठमाडौं : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट लिएको विश्वासको मत बदर गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक घोषणा गरिदिएको हो ।
सभामुखको समेत समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मतसमेत दिएको भन्दै उनको नियुक्तिलगायतका प्रक्रिया बदर गर्न कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।
साथै सर्वोच्चले अब गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ २०:०१
प्रतिक्रिया दिनुहोस्