राष्ट्रपतिबाट माघ २२ गते संसद बैठक आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिस अनुसार माघ २२ गते दिउँसो चार बजे बस्नेगरि नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मंगलबार सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । हिउँदे अधिवेशनमा संघीयता कार्यान्वयन र टिआरसी लगायतका विधेयक पारित गर्न जोड दिने सरकारको योजना छ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १६:५३
प्रतिक्रिया दिनुहोस्