चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान
काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा राजस्व संकलन १२ खर्ब ५३ अर्ब ५२ करोड संकलन हुने बताए ।
यो लक्ष्यको ८८.१ प्रतिशत हो । वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान रहेको मन्त्री पुनले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्