नेपाल न्युज प्वाइन्ट डटकम
कृषि मन्त्रालयको बजेट ५७ अर्ब २९ करोड

काठमाडौं : सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् । 

यसअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आवमा फलफूलका ७ लाख उन्नत बिरुवा उत्पादन गरिने भएको छ ।

त्यस्तै सय बिघाभन्दा ठूला चक्लामा बासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट, सहुलियत ऋणलगायतका सुविधा दिने पनि बजेटमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update