नेपाल न्युज प्वाइन्ट डटकम
ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन

काठमाडौं : सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने लगायतका लक्ष्य लिएका छन् । यो लक्ष्यलाई पुरा गर्नका लागि ५० अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update