भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन
काठमाडौं : सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।
अर्थमन्त्री पुनले जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दू भएर गएका भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।
जाजरकोट र रूकुम पश्चिमका घरहरूको सर्वेक्षण गरिने पनि उनले बताए । सरकारी विद्यालयको पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिने पनि उनले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्