नेपाल न्युज प्वाइन्ट डटकम
श्रम मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट विनियोजन

काठमाडौं : सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रम मन्त्रालयलाई ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने, वैदेशिक रोजगारीमा जाने युवालाई सिपमुलक तालिमको व्यवस्था गर्ने लगायतको कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update