नेपाल न्युज प्वाइन्ट डटकम
सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सञ्चार मन्त्रालयका लागि उक्त रकम विनियोजन गरिएको घोषणा गरेका हुन्।

उनले एकद्वार प्रणालीबाट विज्ञापन वितरणको व्यवस्था गरिने, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको व्यवस्था गरिने बताए । यस्तै लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update