नेपाल न्युज प्वाइन्ट डटकम
वन मन्त्रालयलाई १५ अर्ब ७० करोड रुपैयाँ बजेट

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

अर्थमन्त्री पुनले आगामी वर्ष वन डढेलो नियन्त्रण गर्न उपकरण किन्ने बताए । आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा जोड दिइने उनले बताए । यसलाई आम्दानीको स्रोतमा उपयोग गर्ने समेत उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update