शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट
काठमाडौं : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
सरकारले वि.सं. २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधिको दशकका रूपमा कार्यान्वयन गर्ने भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:२१
प्रतिक्रिया दिनुहोस्