नेपाल न्युज प्वाइन्ट डटकम
खेलकुद मन्त्रालयको बजेट ३ अर्ब ५० करोड रुपैयाँ

काठमाडौं : सरकारले खेलकुदमा बजेट बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्षमा नेपालमा एसियन लेभलको ई स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्नेदेखि कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता बजेटमा समावेश छ । अर्थमन्त्री पुनले दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । 

सरकारले चालु आर्थिक वर्ष अर्थात २०८०/०८१ का लागि २ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ बजेटको विनियोजन गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update